एक महिनाभित्र संघको नेतृत्व हस्तान्तरण : एनआरएनए अध्यक्ष कुमार पन्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एक महिनाभित्र संघको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचन अवरोध भएको बताए । उनले केही व्यक्तिको स्वार्थको लागि परराष्ट्र मन्त्रालयलाई प्रयोग गरिएको बताए ।

उनले संघ स्वतन्त्र सामाजिक संस्था भएको हुदा नेपाल सरकारको निर्देशन मान्न वाध्यात्मक नभएको बताए । उनले संघले नेपालको कानुनलाई मानेर अघि बढ्ने बताए ।

उनले निर्वाचन समिति गठन गरेर निर्वाचनका प्रकृया शुरु भइसकेको बताउदै सबैलाई समेटेर लैजाने प्रयत्न गर्दा निर्वाचन केही ढिला भएको बताए । उनले कोरोना महामारीमा संघले महत्वपूर्ण तथा उल्लेख्य रुपमा काम भएको बताए । लिंकमा क्लिक गर्नुहोस् एनआरएनए अध्यक्ष कुमार पन्तको ताजा अन्तर्वार्ता

© 2022 All Right Reserved DiasporaNepal