रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Radioscoop

रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।

मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । जरिवानासम्बन्धी उक्त कुरा अदालतको प्रेस सेवाले टेलिग्राममार्फत् जानकारी गराएको हो । केही यूरोपेली मुलुकलेजस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाव दिँदै आएको छ ।

ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो ।

इन्टरनेटमा आधारित बहुसख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनिक कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ । एजेन्सी

© 2022 All Right Reserved DiasporaNepal