माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायाे
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

काठमाडाैं । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेस गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेस गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् ।
सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले शुक्रबार बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको हाे ।
