जेम्स बण्डका फिल्म अब ओटीटीमा हेर्न सकिने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विरः गुगल

काठमाडौँ । विश्वको नम्बर एक जासूस फ्रेन्चाइज मानिने जेम्स बण्डका फिल्म अब दर्शकले घरमै बसेर मोबाइलमा हेर्न सक्ने भएका छन् । ओटीटी प्राइम भिडियोले जेम्स बन्डको पहिलो फिल्म ‘डा. सन् २०१५ मा रिलिज भएको फिल्म ‘नो’देखि ‘स्पेक्ट्रे’सम्म सबै फिल्म एकैपटक आफ्नो प्लेटफर्ममा रिलिज गरेको छ ।

यस वर्षको मे महिनामा दुई ठूला मनोरञ्जन कम्पनीहरू बीचको सम्झौता भएको थियो, जसका कारण जेम्स बण्ड फिल्मका लागि विगत चार पुस्तादेखि सिने दर्शकको मन नजिक रहेको कम्पनी एमजीएमको स्वामित्वमा , अमेजनमा आएको छ । ८.४५ अर्ब डलरमा यो सम्झौता लागू भएपछि अब यी जेम्स बण्डका चलचित्रहरू अमेजनको भिडियो स्ट्रिमिङ सेवा अमेजन प्राइम भिडियोमा आएका छन् । एमजीएम स्टुडियोको स्थापना अप्रिल १७, १९२४ मा मार्कस लो र लुइस बी मेयरले गरेका थिए ।

अमेजनले यस वर्षको सुरुमा आफ्नो ओटीटी प्राइम भिडियो सब्सक्राइबर रणनीतिमा धेरै आक्रामक रूपमा नेटफ्लिक्सलाई उछिन्ने रणनीतिमा काम गर्न थालेको थियो । प्राइम भिडियोमा जेम्स बन्डको आगमन पछि, अब यसको लोकप्रियता पनि बढ्ने भएको छ ।

एमजीएमसँग चार हजारभन्दा बढी फिल्मको विरासत रहेको छ । यी चलचित्रहरूले १८० ओस्कर अवार्ड जितेका छन् । एमजीएमसँग उत्कृष्ट टिभी कार्यक्रमहरूको ठूलो पुस्तकालय पनि छ। यी शोहरूले सयभन्दा बढी एमी अवार्ड पनि जितेका छन् । अमेजनले एमजीएम स्टुडियोको मूल्य राख्नुको सबैभन्दा ठूलो कारण पनि यी चलचित्र र टिभि शृङ्खलाहरूको बौद्धिक सम्पत्ति अधिकार भएको बताइएको छ ।

एमजीएम कम्पनीसँग सबै एनिमेसन चलचित्रहरूको अधिकार, साथै जेम्स बन्डका सबै चलचित्रहरूको प्रसारण, प्रदर्शन र वितरण अधिकारहरू पनि छन् । एमजीएमको पुस्तकालयमा ‘रोबो कप’, ‘द पिंक प्यान्थर’, ‘द साइलेन्स अफ ल्याम्ब्स’ आदि सहित करिब चार हजार फिल्महरू रहेका छन् । एमजीएमले ‘फार्गो’, ‘द ह्यान्डमेड्स टेल’ र ‘वाइकिंग्स’ जस्ता सुपरहिट टिभि शृङ्खलाहरू पनि निर्माण गरिसकेको छ । यस पुस्तकालयको जेम्स बण्ड फ्रेन्चाइजका २३ चलचित्रहरू अब प्राइम भिडियोमा हेर्न सकिन्छ ।

© 2022 All Right Reserved DiasporaNepal