बार्सिलोना बिलबाओसँग बराबरी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

एएफपी

म्याड्रिड — बार्सिलोना शनिबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । मेम्फिस डेपेको गोलमा बार्सिलोनाले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेलेको हो । बिलबाओले इनिगो मार्टिनेजको गोलमा अग्रता लिएको थियो ।

बार्सिलोना दुई खेलबाट चार अंक जुटाउँदै शीर्ष स्थानमा पुगेको छ । इन्जुरी समयमा एरिक गार्सियालाई रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

लिगका शनिबार भएका अन्य खेलमा मालोर्कोले एलाभेसलाई १–० ले हरायो भने एस्पान्योल र भिल्लारियलले गोलरहित बराबरी खेले । यस्तै ग्रेनेडा र भ्यालेन्सियाको खेल १–१ को बराबरीमा रह्यो ।

© 2022 All Right Reserved DiasporaNepal