आईफोनले रेकर्ड गर्नसक्छ तपाईंको गोप्य गतिविधि, थाहा पाउने कसरी ?

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Google

काठमाडौं । कतै आफूले प्रयोग गरिरहेको फोनले आफैंलाई रेकर्ड गरिरहेको त छैन भन्ने प्रश्न हामीमध्ये धेरैलाई आउन सक्छ । किनभने पछिल्लो समय यस्ता धेरै घटना सार्वजनिक भएका छन् ।

प्रयोगकर्ताको जानकारी बिनै मोबाइलमा विभिन्न सफ्टवेयर इन्स्टल गरिदिने र प्रयोगकर्तालाई निगरानी गर्ने गरेको पाइन्छ । यस्ता समस्या एन्ड्रोइड, आईओएस लगायतका सम्पूर्ण डिभाइसमा हुनसक्छ ।

तर, यहाँ हामी तपाईंले आईओएस, त्यसमा पनि आईफोनमा कुनै एपले तपाईंलाई रेकर्ड गरिरहेको त छैन ? त्यो कसरी पत्ता लगाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।

हुन त यो विषयमा धेरैलाई जानकारी हुन पनि सक्छ । किनभने एप्पलले यदि कुनै एपले तपाईंलाई रेकर्ड गरिरहेको छ भने ‘भिज्योल वार्निङ’ दिने फिचर ल्याएको केही समय भइसकेको छ ।

यसको अर्थ यदि कुनै एपले तपाईंलाई रेकर्ड गरिरहेको छ भने आईफोनमा लाइटले जानकारी दिइरहेको हुन्छ । आईफोनको माथि स्ट्याटस बारको दायाँ साइडमा कहिले कहिँ दुई किसिमको लाइट बलेको तपाईंले ख्याल गर्नुभएको होला ।

त्यसले तपाईंको मोबाइलमा रेकर्डिङ अन छ भनेर दर्शाउने काम गर्छ । यदि तपाईंको मोबाइलमा माइक्रोफोन एक्टिभ छ भने पहेंलाे तथा सुन्तला रंगको लाइट स्क्रिनमा माथि बलिरहेको देखिने छ । यदि त्यहाँ हरियो लाइट बलिरहेको छ भने त्यसले तपाईंको क्यामेरा एक्टिभ छ भनेर जानकारी दिने काम गर्छ ।

विशेषगरी सामाजिक सञ्जाल चलाउँदा यो लाइट बलिरहेको हुन्छ । किनभने यस्ता एपमा फोटाे तथा भिडियो अपलोड गर्नुपर्ने हुँदा क्यामेरा तथा माइक्रोफोनको एक्सेस लिइरहेको हुन्छ । तर, अन्य एपको हकमा भने आफैंले एक्सेस दिनुपर्नेछ ।

त्यो हुँदा तपाईंले लाइट बलिरहेको अवस्थामा उक्त लाइटमा क्लिक गरी कुन एपले केमा एक्सेस लिइरहेको छ भनी हेर्न सक्नुहुनेछ । यदि अनावश्यक एपले क्यामेरा तथा माइक्रोफोनमा एक्सेस बनाइरहेको छ भने त्यसलाई बन्द गर्न सकिनेछ ।

© 2022 All Right Reserved DiasporaNepal