कांग्रेसको महाधिवेशन : अमेरिकाबाट विवादका वावजुद १४ प्रतिनिधि छानिए

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले तिब्र विवादका बिचमा कांग्रेसको १४ औं महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनौट गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको आइतबार सम्पन्न तेस्रो अधिवेशनले कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि १४ जना प्रतिनिध छनौट गरेको हो । डिसेम्बर ५ आइतबारका दिन प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउबाले स्थानीय समय दिउसो २ बजे भर्चुअल रुपमा कार्यक्रम उद्घाटन सहित शुभ कामना मन्तव्य राखेका थिए ।
स्रोतका अनुसार १४ जना मध्ये सभापति देउवाको पक्षमा ५ जना र देउवा समूह इतरका ९ जनाले महाधिवेशन प्रतिनिधि भएका छन ।

भर्चुअल मार्फत सम्पन्न अधिवेशनमा सहभागि  क्रियाशिल सदस्यहरुको माइक म्युट गराएर १४ जनाको नाम पढि सर्वसम्मत भएको घोषणा निर्वाचन अधिकृत डाक्टर विश्व शाहले गरेका थिए । त्यस पछि अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिले नारायण सुवेदीले सो घोषणा अनुमोदन गरे  ।

माइक म्युट गरिएको भए पनि अधिकांश सहभागिले च्याट मार्फत घोषणाको विरोध गरेका थिए । प्रमुख निर्वाचन आयुक्त शाहद्वारा घोषित महाधिवेशन प्रतिनिधिहरुमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक बिष्णु सुवेदी, बरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसी, महासचिव मुनिन्द्र नेम्वाङ्ग, नेपाल विद्यार्थी संघका पूर्व महामन्नी यादव पण्डित रहेका छन् ।

यस्तै विद्यासागर योज्जन, सुवास लामा, अमृत भट्टराई, रामशरण हुमागाई, गौतम दाहाल, लक्षमी केसी, विश्व वास्तोला,भरत अर्याल र कृष्ण लामिछान पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि परेका छन् ।

जनसम्पर्क समिति भित्रका बिवादका कारण नै भर्जिनिया निवासी तथा उपसभापति केशव बरालले आज उप्रान्तबाट कुनै पनि पदमा नरहेको सामाजिक संजाल मार्फत घोषणा गरेका छन् । संस्थापन पक्षलाई अल्पमत प्रतिनिधि छाने पछि असन्तुष्ट व्यक्त गर्दै पद त्यागको घोषणा गरेका हुन् ।
स्रोतकाअनुसार कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि छानिएका मध्ये ३ जनाले अमेरिकी नागरिक लिएका छन् । नेपालको संबिधान अनुसार बिदेशी नागरिक लिएकालाई प्रतिनिधि हुनबाट बर्जित गरेको छ । उनीहरुका बारेमा पार्टीमा कसैले उजुरी दिई मुद्धा परेको खण्डमा भोट गर्न नपाउने सभापतिले देउवाले पटकपटक बताइसकेका छन ।

पर्याप्त सुचना प्रवाह नदिइ सम्मेलन गरिएको भन्दै व्यापक बिरोध तथा असन्तुष्टिहरु सामाजिक संजाल मार्फत व्यक्त गरिएका छन । लोकतन्त्रको हिमायती कांग्रेसले यसरी ७ बर्षसम्म अधिवेशन नगराई भूमिगत शैलीमा आफू खुशी एक दिने सूचनाको भरमा अधिवेशन गरेपछि असन्तुष्टी बाहिर आएको हो ।

© 2022 All Right Reserved DiasporaNepal