अफगानिस्तान राष्ट्रपति घानीलाई यूएईले दियो शरण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

ghani
REUTERS

एजेन्सी : अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ ।

यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र परिवारलाई शरण दिएको जनाएको छ ।

शुरुमा उनी ताजिकिस्तान र उज्वेकिस्तान गएको भनिएको थियो । भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनको भनाइ छ ।

स्वदेश फर्किनका आफु वार्तामा रहेको पनि उनले उल्लेख गरेका छन् । आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको पनि बताएका छन् । आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको रजुत्ता पनि लगाउन नभ्याएको उनले दाबी गरेका छन् ।

७२ वर्षका घानीले विपदका बेला देश छोडेको भन्दै अफगान राजनीतिज्ञद्वारा तीव्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका छन् । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हालेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal