जनसम्पर्क समिति बेलायतको चार बर्षे कार्यकालका लागि चार सभापति छानिए

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । नेपाली काग्रेस निकट नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतको सभापतिमा चार जना निर्वाचित भएका छन । शनिवार लण्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले चारै जना उम्मेदवारहरु युवराज गुरुङ, महेश दाहाल, कोपिला सुब्बा, युवराज सिंहलाई चक्रिय प्रणाली अनुसार सर्वसम्मत सभापति पदमा निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो पटक चक्रिय प्रणाली अनुसार चार सभापति छानिएका हुन् । चक्रिय प्रणालीअनुसार पहिलो एक वर्ष गुरुङले समितिको नेतृत्व समाल्ने छन् । दोस्रो बर्ष महेश दाहाल, तेस्रो बर्ष कोपिला सुब्बा र चौथो बर्ष युवराज सिंहले सभापतिको जिम्मेवारी वहन गर्नेछन् ।
नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधि लोक गुरुङको उपस्थितीमा भएको अधिवेशनबाट बरिष्ठउपाध्यक्षमा रितेश पाण्डे, उपाध्यक्षहरुमा प्रवेश केसी, नवराज कार्की, सुवास राई, राज सिटौला छानिए। यस्तै महामन्त्रीहरुमा इन्द्र ह्याङ लिङदेल, नर्वु शेर्पा, रेशम बस्याल, कुश बस्नेत र रोवियन लिम्बु, चयन भएका छन् ।

समितिको सहमहामन्त्रीमा उर्मिला चाम्लिङ राई, रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, संजिव राई, रोहित राई र सन्तोष कुमार उप्रेती चयन भए । कार्यसमितिको सदस्यहरु लिलाधर पौडेल, प्रमिली तिवारी भट्टराई, भिमराज राई, बाघविर पुन, जंग पुन, विज्ञान प्रसाई चयन भएका छन् ।

यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधिहरुमा विश्वआर्दश पण्डित, योगेन क्षेत्री, विज्ञान प्रसाई, केश बहादुर गुरुङ, इन्द्रह्याङ लिंदेन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेश चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र कोपिला सुब्वा सर्वसम्मतले चयन भएको निर्वाचन समिति सदस्य केशव भण्डारीले जानकारी दिए ।

कांग्रेसको गतिविधिले लज्जित बनायो : आर के त्रिपाठी

यसैबिच, एनपीसीसी युकेमा चार जना सभापति छानिएपछि नेपाली कांग्रेस अन्तरराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सदस्य आके त्रिपाठीले चर्को आलोचना गरेका छन । कृयाशिल सदस्य दुईहजारको हाराहारीमा रहेको एनपीसीसी युकेको करीव ५० जनाको उपस्थितिमा चार जनालाई बर्षैपिच्छे सभापति पद भागवण्डा गरेको भन्दै आलोचना गरेका हुन् । लामो समय कांग्रेसका राजनीति गरेका प्रधानमन्त्री शेरवहादुर देउवा निकट त्रिपाठीले सामाजिक संजालमा यस्तो कार्य विधान विपरीत भएकाले केन्द्रबाट मान्यता नपाउने भन्दै आलोचना गरेका छन ।

(उनले सामाजिक संजालमा लेखेको स्टाटस)

लण्डन। बेलायत कांग्रेसले लज्जित बनायो। सभापतिमा उम्मेदवारी दिएका ४ जना नै सभापति निर्वाचित। कार्यसमितिमा उठेका सबै निर्वाचित। स्वीकृत कियाशील सदस्य संख्या दुई हजार माथी। अधिवेशनमा उपस्थित संख्या ४२ जना मात्र । द्रौपतिको सारी ताने जस्तो विधानको धज्जी उडाइयो। अब के हेर्न बाँकी रह्यो र रु बिचराहरु। अत्यधिक बहुमतले अधिवेशन बहिष्कार !

केन्द्रले कसरी मान्यता दिन्छ हेर्दै जाउँ । वैधानिक लडाई लडिनै रहनेछौं । अधिवेशनमा उपस्थित संस्था ४२ जना मात्रले पेश भएको क्रियाशील सदस्य नक्कली भएको प्रमाणित भयो। अब उप्रान्त नेपाली कांग्रेस पार्टी सदस्य हुनुको गौरब रहेन।अब नेपालमा पनि भविष्यमा नेपाली कांग्रेस पार्टीको आउँदो अधिवेशनमा सभापतिमा उमेदवारी घोषणा गर्नु भएका सम्माननीय शेरवहादुर देउवा ,रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह र बिमलेन्द्र निधि सबै १ /१ बर्षको लागी चक्रिय प्रणाली मार्फत सभापति ।

बेलायत जस्तो प्रजातन्त्र ,पद्धती भएको देशमा हामीले राम्रै सिकेका रहेछौं भागबण्डा लगाई खान। बेलायत कांग्रेसको लाजको पराकाष्ट। लाज लाग्यो मलाई नेपाली कांग्रेस भन्न अब देखि !

(त्रिपाठी नेपाली कांग्रेस अन्तरराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सदस्य हुन्)

© 2022 All Right Reserved DiasporaNepal