रिमेम्बरेन्स सन्डे : विश्वयुद्धमा वीरगति प्राप्त गर्ने सैनिक प्रति रिथ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । प्रथम र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा आयोजित समारोह रिमेम्बरेन्स सन्डे (स्मृति दिवस) मा बेलायतका लागि नेपालकी कार्यवाहक राजदुत रोशन खनाल सहभागी भई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।आइतबार १४ नोभेम्बर बिहान बेलायतका विभिन्न शहरमा आयोजित बेग्लाबेग्लै समारोह मध्ये राजपरिवार सँगै सहभागी भई दुतावासका तर्फबाट उनले रिथ चढाएकी हुन् ।

सेन्ट्रल लन्डनको ह्वाइटहलस्थित सिनोतापमा लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले विशेष कार्यक्रममा रिथ (पुच्छगुच्छा) चढाइन् । उनी सँगै बेलायतका राजकुमार चाल्स, राजकुमार वीलियम, राजपरिवारका अन्य सदस्यहरु, प्रधानमन्त्री वोरिश जोन्सन, प्रतिपक्ष दलका नेता सर स्टेमर, पुर्व प्रधानमन्त्रीहरु, उच्च सैनिक अधिकारीहरुसहित सर्वसाधारणको उल्लेख उपस्थिति थियो । यस बर्ष स्वास्थ्य स्थिति खराव भएका कारण महारानी एलिजावेथ द्धितिय अनुपस्थित रहिन् ।
हरेक बर्ष नोभेम्बरको दोस्रो आइतबार मनाउने रिमेम्बरेन्स सन्डे कमनवेल्थ र बेलायतद्धारा शासित राज्यहरुमा मनाउने गरिन्छ । अघिल्लो बर्ष कोरोना महामारीका कारण सीमिति व्यक्ति विच मनाइएकोमा यस पटक सबै सहभागी भएका थिए ।

यसैबिच, ग्रेटर रसमोर नेपाली कम्युनिटीले अल्डरसटमा रिमेम्बरेन्स सन्डे मनाएको छ । जीआरएनसी कमिटी सदस्यहरु, भूतपूर्व गोर्खा, आमा समूह र स्थानिय समुदायहरुले रिथ चढाएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal