एमाले युरोप प्रतिनिधि चयनमा चर्को विवाद , छानिएका नाम सार्वजनिक गर्न सकेनन्

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिए पनि विवादका कारण नाम सार्वजनिक गरेको छैनन् । प्रवासी नेपाली मंच भित्र प्रतिनिधि चयनका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएपनि विना निर्वाचन केही व्यक्तिको नाम छानिएपनि चर्को विवाद भई नाम सार्वजनिक गर्न नसकेको हो । स्रोतका अनुसार प्रतिनिधि चयनमा ‘मारामार’को स्थिति भएपछि तत्काललाई नाम सार्वजनिक नगर्ने पक्षमा संस्थापन रहेको बुझिएको छ । युरोप अध्यक्ष गोविन्द पौडेलले प्रतिनिधि चयन भएपनि नाम सार्वजनिक नगर्ने सहमति भएको प्रतिक्रिया डायस्पोरानेपाललाई दिए ।
२८ जना मध्ये खुला ३ जनाको कोटामा युरोपबाट भक्तबहादुर वाग्ले , गोविन्द पौडेल र मुक्त गुरुङ छानिएका छन । महिला तर्फ दुई जनाको कोटामा कल्पना त्रिपाठी र सरु चापागाई रहेका छन । वाग्ले इन्चार्ज हुन भने पौडेल अध्यक्ष छन ।
स्रोतका अनुसार २८ जना पुरुष र चार जना महिला मध्ये अन्तरराष्ट्रिय समन्वय कमिटिले जबरजस्ती तीन जना पुरुष र दुई जना महिलाको नाम भर्चुअल रुपमा सुनाउदै जुम बन्द गरिएको थियो । बैठकमा सहभागी एक जनाका अनुसार महिला कोटाबाट केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिएकी सरस्वती केसीलाई संगठित सदस्य लिएको सात बर्ष नपुगेको भन्दै अयोग्य बनाइएको छ । जबकी नेतृ केसी नेपालमा रहदा नै छैठौ महाधिवेशनमा प्रतिनिधि भइ नेपालगंज गएकी थिइन । यस यता नियमित रुपमा पार्टीका क्रियाशिल रहेकी केसीलाई प्रतिनिधि हुन अयोग्य बनाइएको बुझिएको छ ।

२८ जना मध्ये खुला ३ जनाको कोटामा युरोपबाट भक्तबहादुर वाग्ले , गोविन्द पौडेल र मुक्त गुरुङ छानिएका छन । महिला तर्फ दुई जनाको कोटामा कल्पना त्रिपाठी र सरु चापागाई रहेका छन ।


यसबारेमा प्रतिक्रिया लिन डायस्पोरानेपालले सम्पर्क गर्दा नेतृ केसीले ‘विवादका बारेमा म केही बोल्दिन यो पार्टी भित्रको कुरा हो’ ,भनिन् । महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया विवाद बारेमा प्रवास अन्तरराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ र ओएनएफ युकेको प्रक्रिया लिन अध्यक्ष सुरेन्द्र थपलियालाई सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आएनन् ।
एमाले अन्तरराष्ट्रिय प्रवास कमिटिले १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको कार्यतालिका र अधिकृतको विवरण सार्वजनिक गरेको सुचनामा युरोपमा भर्चुअल निर्वाचन भएपनि समाचार तयार पार्दा सम्म नाम सार्वजनिक गरेको छैन । गत १० नोभेम्बरमा जारी गरिएको सुचनामा निर्वाचन कार्यतालिकामा युरोपलाई एकै क्षेत्रमा राख्दै युरोपको निर्वाचन गराउन हङगकङगका भक्त गुरुङलाई जिम्मा दिइएको थियो ।
कार्यतालिकामा नोभेम्बर १२ विहान ११ बजे अन्तिम नामावली प्रकाशन, दिउँसो १ बजे उम्मेदवारी दर्ता गरि बेलुकी ८ बजे अन्तिम उम्मेदवारी सुची प्रकाशन गर्ने समय तोकिएको छ । युरोपियन समय अनुसार विहान ११ मतदानको समय तोकिएको छ । सोही दिन राती ११ बजे नतिजा प्रकाशनको समय सीमा राखिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार एमालेको १० औं राष्ट्रिय महाधिबेशनको लागी युरोप क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने ।
(जम्मा ३ जनाको लागी)
१. सुरेन्द्र थपलिया (युके)
२. गोविन्द पौडेल (पोर्चुगल )
३. शालिक ग्राम थपलिया (बेल्जियम)
४. चन्द्रकान्त आचार्य (जर्मनी)
५. बोधराज पौडेल (बेल्जियम)
६. मुक्त गुरुङ (स्पेन )
७. शिब चापागाइ (डेनमार्क)
८. मदन लिम्बु (पोर्चुगल)
९. चिरञ्जीवी खडका (चेक रिपब्लिक)
१०. शिब बरुवाल (बेल्जियम)
११. विनोद ज्ञवालि ( युके )
१२. रञ्जन शिम्खडा (बेल्जियम)
१३. युबराज अधिकारी (जर्मनी)
१४. रणबहादुर बि क (जर्मनी)
१५. भक्तबहादुर वाग्ले ( फ्रान्स)
१६. जनक सुवेदी (बेल्जियम)
१७. भोजराज त्रीपाठी (जर्मनी)
१८. सनत कुमार गौतम (जर्मनी)
१९. टुङ्ग भद्र भुसाल (युके)
२०. दासुराम पाण्डे (युके)
२१. हरि सिम्खडा (बेल्जियम)
२२. योगेन्द्र बि क (बेल्जियम)
२३. जिबन सेन (युके)
२४. विनोद न्यौपाने (बेल्जियम)
२५ .बाल कृष्ण भुसाल (युके)
२६. दिनेश घिमिरे (युके)
२७. किसान केसि (बेल्जियम)
महिला प्रतिनिधिको २ जनाको लागी
१. कल्पना आङबुहाङ (युके)
२. सरु चापागाइ (बेल्जियम)
३. सरस्वती केसी (युके)
४. कल्पना त्रीपाठी (युके)

प्रवास कमिटिहरु मध्ये ओसियानाको निर्वाचन अधिकृतमा चानक पोख्रेल, एशिया प्यासिफिकमा प्रभुराम थापा, गल्फमा रमेश पाण्डे, युरोपमा गुरुङ, अमेरिकाका निर्वाचन अधिकृतमा डा। विमला भण्डारी र अन्तरराष्ट्रिय कमिटिको निर्वाचन अधिकृतमा डा। राजन भट्टराई छन । आगामी नोभेम्बर १६ विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ ।

एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जानजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।

© 2022 All Right Reserved DiasporaNepal