बेलायतमा चाडै नयाँ राजदुत आचार्य आउने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


बेलायत। संयुक्त अधिराज्य बेलायतमा चाडै नयाँ राजदुत आउने भएका छन । बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएपछि चाडै राजदुत आउने भएका हुन् ।
मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेलायतका लागि प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदुत शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।
११ कात्तिक २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका तीनै जना प्रस्तावित राजदूतविरुद्ध सुनुवाई समितिले उजुरी आह्वान गरेको हो । १० दिनको म्याद बुधबार बिहान गोरखापत्रमा सूचना प्रकाशन भएपछि लागू हुनेछ ।

प्राप्त उजुरी उपर छलफल गरि संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

© 2022 All Right Reserved DiasporaNepal