जलवायु परिवर्तन एजेण्डा कार्यान्वयन गर्न नेपाल तयार : डा.सचिव कंडेल(अन्तरवार्तासहित)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । नेपालले कोप २६ मा जलवायु परिवर्तनका बारेमा कार्यान्वयनका स्पष्ट एजेण्डा भोली सोमबार प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले जलवायु परिवर्तन कार्यान्वयनमा नेपाल तयार रहेको भनाईसहित स्पष्ट एजेण्डा राख्न लागेको वातावरण सचिव प्रेमनारायण कंडेलले जनाएका हुन ।
प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गरेको स्वागत समारोहपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सचिव कंडेलले जलवायु परिवर्तन कार्यान्वयका लागि नेपाल तयार रहेको जनाए । यसअघि आफ्नो सम्मानमा दुतावासले गरेको सम्मानमा बोल्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरले नेपालमा पारेको प्रभावलाई मुख्य मुद्दाका रुपमा प्रस्तुत गर्ने जानकारी नेपाली समुदायले दिए ।
कोप–२६ मा नेपालको उपस्थितिबारे मन्तव्य व्यक्त गर्दै उनले भने, “पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालको धारणा राख्नेछु ।”

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाकासंरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुँदैछ । प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादवसमेत सहभागी हुनेछन्।

नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लण्डनमा बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानीका निम्ति संयुक्त अधिराज्यका उद्योगपति व्यापारीलाई नेपाल गन्तव्य बनाउन आग्रह गरे । प्रधानमन्त्रीको आग्रहलाई सहर्ष स्वीकार गर्दै मन्त्री सोलीले बेलायत सरकार र उच्च निकायसँग थप छलफल गरेर निष्कर्षमा पुगिने र सक्दो सहयोगको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी परारष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।
आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानुनअनुसारको माग राख्न आग्रह गर्दै उनीहरूका समस्या समाधानमा नेपाल सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । यसअघि प्रधानमन्त्री देउवासँग वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गरे।

© 2022 All Right Reserved DiasporaNepal