सामाजिक सुरक्षा कोष र एनआरएनएबीच नयाँ सम्झौता हुने

१ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए र सामाजिक सुरक्षा कोष (एसएसएफ)बीच सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ । एनआरएनए र एसएसएफबीच विहीबार भएको उच्चस्तरीय बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन नयाँ समझदारी पत्र तयार गर्ने सहमति भएको हो ।

बैठकमा एसएसएफमा २२ लाख नेपाली श्रमिक दर्ता भए पनि योगदानलाई निरन्तरता दिने विषयमा प्रवासी श्रमिकहरूमा यसको फाइदबारे जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
बैठकमा पूर्व उपाध्यक्ष डी.बी. क्षेत्रीलाई एसएसएफको केन्द्रीय फोकल प्वाइन्ट र समन्वयकर्ताको जिम्मेवारी दिने, शतप्रतिशत एसएसएफ योगदान लागू गर्न नयाँ एमओयु तयार गर्ने, कागजातविहीन श्रमिकका लागि स्व–योगदानको व्यवस्था गर्ने, एसएसएफ भत्ताका लागि माग पत्र जारी गर्ने, मध्यपूर्व र पूर्वी युरोपमा एसएसएफ कभरेज विस्तार गर्ने लगायतका विषयमा निर्णय भएको छ ।

बैठकमा मध्यपूर्वमा ‘रोड शो’ कार्यक्रम सञ्चालन गर्ने, नीति निर्माणमा सहकार्य गर्ने, श्रम अनुगमन प्रणाली मजबुत बनाउने र एनआरएनएका सदस्य विवरण साझेदारी गर्ने निर्णयसमेत गरेको बैठकमा सहभागि एनआरएनका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए । ।
वैठकमा एनआरएनएका तर्फबाट अध्यक्ष शर्मा, महासचिव डा. चिरञ्जीवी खड्का, ओसियाना महिला क्षेत्रीय संयोजक संगिता अधिकारी, उप क्षेत्रीय महिला संयोजक युरोपकी राधा सिग्देल, आइसीसी पूर्व उपाध्यक्ष डीबी क्षेत्री, सीइओ राजेन्द्र कुमार राउत, बरिष्ठ अधिकृत कुनाल मिश्र लगायतका प्रतिनिधिहरू सहभागी थिए ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us