रास्वपाले श्रमसंस्कृतिकी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ बर्षिया सांसद रुवि कुमारी ठाकुर (धनुषा) लाई समर्थन गर्ने निर्णय गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले बिहीबार जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद माननीय रुवि कुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ । यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनुहुनेछ । धन्यवाद !”
यो निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदका लागि रुवि कुमारी ठाकुरको उम्मेदवारीलाई औपचारिक समर्थन गरेको हो ।
रुवि कुमारी ठाकुर धनुषाकी हुन् । रास्वपाले उपसभामुख पदमा समर्थन गर्ने सांसदको रूपमा आफ्ना सांसद अशोक कुमार चौधरीलाई तोकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको यो निर्णयले सत्तारूढ तथा विपक्षी दलहरूबीचको राजनीतिक गठबन्धन र समीकरणमा नयाँ तरंग ल्याउने देखिएको छ ।
श्रम संस्कृतिले उठाएकी ठाकुरलाई कांग्रेस एमाले र नेकपाले पनि समर्थन गरेका छन् भने राप्रपाले रास्वपाको समर्थन पाएको दावी गर्दै राप्रपाकी सरस्वती लामालाई उम्मेदवार दर्ता गराउन लगाएको थियो ।
रास्वपाको निर्णय सार्वजनिक भएसँगै शुक्रबार उपसभामुख ठाकुर बन्ने पक्का छ ।
