नयाँ सभामुख चयन भएपछि प्रतिनिधिसभाको बैठक बस्दै

२ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

सभामुमा डोल प्रसाद अर्याल निर्विरोध निर्वाचित भएपछि पहिलो बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ ।

बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us