बेलायतमा नेपाली विद्यार्थीको निधन, सहयोगका लागि एनआरएनए युके अध्यक्ष पुडासैनीको अपिल

२ हप्ता अगाडि

डायस्पोरा नेपाल

लन्डन । उच्च शिक्षाका लागि बेलायत आएकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

रुद्रपुर, हरैया, रुपन्देहीबाट आएकी २९ वर्षीया सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको गैरआवासीय नेपाली संघ युकेले जनाएको छ । उनको पार्थिव शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन्।

मृतक साविक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती (हाल बसोबास रुद्रपुर, हरैया, रुपन्देही) सिर्जना भुजेल कोलोन- रेक्टल क्यान्सरका कारण एक वर्ष देखि उपचाररत थिइन् ।

सिर्जनाको शव नेपाल लैजान सक्दो सहयोग गर्न एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पनि अनुरोध गरेका छन् ।

यो लिंकमा गएर सक्दो सहयोग गर्न उनको  परिवारजनले पनि आग्रह गरेका छन्:

https://www.justgiving.com/crowdfunding/purnabhadra-kandel-1?utm_medium=CF&utm_source=CL

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us