सभामुखमा डीपी अर्याल निर्विरोध

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् ।

संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us