साफ उपविजेता खेलाडीलाई जनही पाँच लाख

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो। नेपाली टोली सोमबार बिहान नेपाल फर्किएको छ।

बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal