विश्व ट्रेड युनियन महासंघ नेपालद्धारा भूतपुर्व गोरखा सैनिकहरुको आन्दोलनमा ऐक्यबद्धता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर वीकिपेडिया

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ नेपालले बेलायतमा आमरण अनशनमा बसेका भूतपूर्व गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा बिश्व ट्रेड युनियन महासंघ, समन्वय समिति, नेपालका संयोजक प्रेमल कुमार खनालले बृटिश सेनामा काम गरे बापत बेलायती सैनिकहरुले पाए सरहको समान सुविधाको माग राखि भुतपूर्व गोरखा सैनिकहरुले अगाडि सारेको मागप्रति समर्थन गर्दै आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरेका छन् ।

बेलायती सैनिकमा काम गरेर निबृत्त भएका नेपाली भूतपूर्व गोरखा सैनिकहरुलाई बेलायत सरकारले सेवा निबृत्तपछि प्रदान गर्ने पेन्सन लगायतका अन्य सुविधा प्रदान गर्दा पक्षपात र भेदभाव गरेको भन्दै “वर्दी उस्तै हतियार एउटै तर सुविधामा किन भेदभाव ?’ भन्दै गत जुलाई २१ देखि अनसन बस्दै आएकोमा गत शनिबार देखि अभियानकर्मीहरु  (धन राई, ज्ञान राज राई, पुष्पा राना घले ३ जना मध्य लण्डनमा आमरण अनसनमा बसेका छन ।

© 2022 All Right Reserved DiasporaNepal