नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडाै-नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । 

शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ । 

© 2022 All Right Reserved DiasporaNepal