मण्डलको शव नेपाल पठाउन एनआरएनए युकेले सुरु गर्‍यो चन्दा सङ्कलन अभियान

७ दिन अगाडि

डायस्पोरा नेपाल

लन्डन – बेलायतमा निधन भएका विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन चन्दा संकलन शुरु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले परिवारको अनुरोध बमोजिम शव नेपाल पठाउन गो फण्ड मीमार्फत चन्दा संकलन शुरु गरेको हो ।

७ हजार पाउण्ड उठाउने लक्ष्यसहित शुरु गरिएको यस अभियानमा बिहीबार सांझसम्म  झन्डै  ४,८०० पाउण्ड संकलन भै सकेको छ  ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय मण्डलको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्न चाहेको, परिवारको आर्थिक अवस्था राम्रो नभएको र बेलायतमा मण्डल नजिकका आफन्त पनि कोही नभएकाले क्राउड फण्डिङबाट अर्थ संकलन गरि शव नेपाल पठाउन लागिएको जनाए ।

‘सानो डोनेसन किन नहोस्, तपाईंहरुको सहयोगले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ । कृपया सक्दो आर्थिक सहयोग गरिदिनुस्, यदि तपाईं दान गर्न असमर्थ हुनुहुन्छ भने कृपया लिंक सेयर गरेर भएपनि सहयोग गरिदिनुस्’, पुडासैनीले भने  ।

यो लिङ्कमा गएर सक्दो सहयोग गर्न एनआरएनए युकेले बेलायतवासी नेपालीहरूलाई आग्रह गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us