चाडपर्व बिचको महाधिवेशनमा उठाउनै पर्ने बिषय र दोहोरो नागरिकता

३ वर्षs अगाडि

गजेन कटुवाल

महाधिवेशन होस या चुनाव एक प्रकारले पर्व नै हो, चाडपर्वले संस्कृति र परम्परा संचार गराउँछ भने अधिबेशनले जुनसुकै पार्टी वा संस्थाको होस् त्यसभित्र सबै साधारण सदस्यहरुलाई चलायमान वा संचार गराउँछ अहिले तीनवटा पर्व संघारमा छ्न, एउटा दशैँ-तिहार पर्व, कांग्रेसको महाधिवेशन र एनआरएनए १० औं विश्व सम्मेलनको आसन्न पर्वहरु । एनआरएनको पर्वले पनि खासै नयाँपन दिने छाट देखिएको छैन , त्यहाँ गुटबन्दी नै सर्वत्र देखिन्छ। सबैले भन्ने प्रजातान्त्रिक प्रक्रिया तर यथार्थमा जसरी हुन्छ आफु वा आफ्नो मान्छे चाहिन्छ नत्र कि त चुनाव रोकिदिनु पर्यो, होईन भने आफुलाई आगाडी आउन दिनु पर्यो । यस्ता सर्त नै सतहमा देखिएको छ समग्रमा ।

आज भने कुरा गर्न मन लागेको बिषय हो जनसम्पर्क समितिहरुको बनोट र कार्यशैली : हुन् त माउ पार्टीमा नै देखिएको अत्यन्तै अस्वस्थ गुटबन्दीको रोग डायस्पोरामा नदेखिने कुरा भएन यद्यपि एउटा प्रजातान्त्रिक मुलुकमा बसेका र आफुलाई प्रजातन्त्रका पहरेदार भानिएको संस्थाको कार्यशैली र विधि कत्तिको प्रजातान्त्रिक छ त् ?

यो लेखक पनि कुनै समय बिद्यार्थी फाट्को केन्द्रिय अनुसासन समितिको सदस्यको रुपमा कार्य गरिसकेको अनुभवको आधारमा एकपल्ट जनसम्पर्क समितिको विधान र सो विधानलाई चलायमान गराउने समय-समयमा मूल पार्टीले निष्कासन गरेको प्रेस नोट (बिज्ञप्ति)हरुको सरसर्ति अध्ययन गरेर हेरौं न त भनेर हेर्ने मौका पाए, अलि नमिलेको हो कि मेरो सानो दिमागले नबुझेको हो द्विविधा भैरहेको छ, कि त विदेशमा बस्ने नेपालिले जुनसुकै देशको नागरिकता लिएको भएपनि जनसम्पर्क समितिले क्रियाशिल सदस्यता दिइसकेकोलाई मान्यता दिनुपर्यो नत्र त गाह्रो हुदै र ?

हामीले एउटा कुरा के चाँही भन्न पर्ने भो भने जुनसुकै पार्टीको भातृ संगठनहरुले नेताहरु आउँदा जयजयकार मात्र होइन कि यस्ता दस्तावेजहरुको पनि समय मै समिक्षा सहित सुझाब दिनुपर्ने हुन्छ, अन्यथा यस्तो निर्णयले अन्ततोगत्वा दोहोरो नागरिकताको हाम्रो रटानको विषय मात्र हुन् जान्छ ।

विधानको कुरा त् अरुले व्याख्या गर्न नमिल्ने गरि वाधिएको रहेछ (विधानको परिछेद ३२) ‘विधानको व्याख्याको अधिकार यस समितिलाई मात्र रहने छ’ भनेर किटान गरिएको छ तर मिति २०७८ श्रावण ३० मा नेपाली कांग्रेस केन्द्रिय समितिको प्रेस विज्ञप्तिलाई हेर्दा विज्ञप्तिको बुदा न ८ को ख को ३ नम्बरमा ‘पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिबेशन प्रतिनिधि निर्वाचित हुनका लागी नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्दछ’ भनेर प्रस्ट रुपमा किटान गरिएको रहेछ, यसले त बेलायतको सन्दर्भमा त बेलायती नागरिकता लिएको साथीहरुलाई त रोक्ने काम गरेन र ? या त हामी विधान मान्दैनौ भनेर अर्को निर्णय अगाडी ल्याउनु पर्यो नत्र त धेरै साथीहरुलाई यसले अफ्ट्यारो पर्छ कि ? हुन् त प्रबुद्ध साथीहरु संस्थामा हुनुहुन्छ पार्टीको लागि भनेर अहोरात्र खट्नु भएको छ, कि त यो संसोधन गर्नु पर्यो कि त लेखिएको जे सुकै भए पनि हामीले गरेपछि हुन्छ भन्नु पर्यो ? नत्र त यस्तो दुरगामी असर गर्ने खालको निर्णय कसरी आयो खोज्न जरुरी छ ?

हामीले एउटा कुरा के चाँही भन्न पर्ने भो भने जुनसुकै पार्टीको भातृ संगठनहरुले नेताहरु आउँदा जयजयकार मात्र होइन कि यस्ता दस्तावेजहरुको पनि समय मै समिक्षा सहित सुझाब दिनुपर्ने हुन्छ, अन्यथा यस्तो निर्णयले अन्ततोगत्वा दोहोरो नागरिकताको हाम्रो रटानको विषय मात्र हुन् जान्छ । सबै पार्टीका भातृ संगठनका साथीहरु कृपया समय मै सोच्नपर्छ कि अन्यथा भातृ संगठनहरुमा पहुचलाई नै निषेध गर्ने वा हटाउने निर्णय आइरहेको सन्दर्भमा दोहोरो नागरिकताको रटान फगत नारा भन्दा केहि हुनेवाला छैन ! अरु त धेरै टाढाको विषय हो कि ! व्यक्तिगत रुपमा नाफा घाटा आफ्नो ठाउँमा होला कि त दोहोरो नागरिकताको इस्यु नउठाउ, कि साँच्चै विधि मानौ, कि त यस्ता निर्णयमा परिवर्तन ल्याउ नत्र ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखानको पाराले चाहि डायस्पोराका भातृ संगठनहरु चल्ला जस्तो लागेन । अस्तु

हाम्रो मूल पर्व दशैँको शुभकामना सहित

© 2022 All Right Reserved DiasporaNepal