भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

३ वर्षs अगाडि

रासस/एएनआइ

तस्बिर : गार्डियन

नयाँ दिल्ली । भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ । हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ ।

सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ

© 2022 All Right Reserved DiasporaNepal