एनआरएनए यूके अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके को आगामी जुलाईको अन्तिम साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार साँझ जुम मार्फत भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमार्फत पुडासैनीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। वर्तमानमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका केन्द्रीय सदस्य रहेका पुडासैनी लामो समयदेखि बेलायतमा सामाजिक, राजनीतिक तथा श्रमिक अधिकारका क्षेत्रहरूमा सक्रिय रहँदै आएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले एनआरएन अभियानलाई थप एकीकृत, समावेशी र जिम्मेवार बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पारे। पुडासैनीले प्रस्तुत गरेका प्रमुख प्रतिबद्धताहरूमा एकताबद्ध र एउटै एनआरएन निर्माण, नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने, नेपालमा रहेका गैरआवासीय नेपालीहरूको सम्पत्तिको सुरक्षा, पूर्व गोर्खाहरूको समानताको लडाइँमा ऐक्यबद्धता जनाउने, एनआरएनएमा नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने, नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार एवं सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नेजस्ता विषयहरू रहेका छन्।

बेलायतस्थित GMB National Union मा सचिव पदमा कार्यरत पुडासैनीले बेलायतमा श्रमिक हकहितका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यसअघि उनले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तथा सल्लाहकारको भूमिकासमेत सम्हालिसकेका छन्।

पुडासैनीको बिज्ञप्ती जस्ताको तस्तै :

प्रिय पत्रकार साथीहरु,
नमस्कार !

बेलायत एनआरएनको जननी ! अभियान शुरु भएको देश, एन आर एन अभियान शुरु भएका बर्ष लगायत केही बर्ष सम्म सिंगो बिश्व एरिनामा एन आर एन एन सी सी को शाख र सौगात सबै भन्दा अग्रणी थियो । बिश्व समुदायले यूकेको के धारणा के आउछ भनि पर्खन्थे र बिचार बनाउंथे । आज हामी कहां छौ ? हाम्रो आफ्नै कमिकमजोरी र अनाबश्यक बैयक्तिक ईगो र उच्च महत्वकांक्षाले एनसीसीहरु बिच हामी यति हल्का र हांसोको पात्र भयौ । २ वटा अध्यक्ष बनाउने पहिलो एन सी सी हामी आफै भयौ, समानान्तर २ कमिटी यहीबाट शुरु भयो – एन आर एन को सदस्यता हैन भोटर्स बनाउने अभ्यास यहीबाट शुरु भयो । प्रथमत: यि तमाम बिकृति र बिसंगतीहरु प्रति म आफू चै मेरो ठाउंबाट आत्माआलोचित छु – हामी आम बेलायती नेपाली डायस्पोराको सुखदुखमा भन्दा नेताका वरीपरी घुमेर पद प्राप्तीलाई प्रमुख अभिष्ठ बनायौ – जसले गर्दा जन जन बाट टाढा र शक्ति केन्द्रहरुको नजिक हुन पुग्यौ ।
यि कुराहरु गतल थिए। यो संस्थाको उल्टो यात्राको श्रीगणेश यिनै कुराहरुबाट भएका हुन भन्ने मेरो ठम्याई छ । हामी आम बेलायती नेपाली डायस्पोराको सुखदुखमा भन्दा नेताका वरीपरी घुमेर पद प्राप्तीलाई प्रमुख अभिष्ठ बनायौ – जसले गर्दा जन जन बाट टाढा र शक्ति केन्द्रहरुको नजिक हुन पुग्यौ ।
हामी अरुलाई दोष लगायर उम्कन सक्दैनौ, आदरणिय महन्त श्रेष्ठ ज्यू देखी हालका अध्यक्ष आदरणिय हीतकाजी गुरुङ सम्मको नेतृत्वले जे जती राम्राकामहरु गर्नु भयो – सम्मान छ । जानेर वा नजानेर भएका गल्ती कमिकमजोरीहरुलाई सुधार्नु नै जिन्दगी हो चाहे त्यो ब्यैयक्ति जिवन होस वा सामाजिक संघ संस्थाको कथा नै किन नहोस ।

म भए गरेका राम्रा पक्षहरुलाई प्रबर्धन र माथी चर्चा गरिएका कमिकमजोरीलाई निर्मम सुधारको साथ गैरआवासीय नेपाली संघ यूके सुधारको स्प्रष्ट मार्ग चित्र सहित संस्था सुद्दीकरणको लागी नेतृत्व गरौ भन्ने प्रणको साथ आएको छु:
हाम्रा साझा मुद्दाहरु:
• एकताबद्ध र एउटै एनआरएन
• नेपाली नागरिकताको निरन्तरता
• नेपालमा रहेको सम्पत्तिको सुरक्षा
• पूर्व गोर्खाजको समानताको लडाईमा ऐेक्यबद्धताको लागी
• एनआरएनएमा नयाँ पुस्ताको सहभागीता
• नेपाली कला, साहित्य र संस्कृतिको संबर्धन र प्रवर्धन
• नेपाली बिध्यार्थी र कामदारहरुको अधिकार र सुरक्षा

भ्याकुममा कुरा गर्नु भन्दा छलफलको लागी यि एजेण्डाहरु प्रस्तुत गरेको छु । ब्यापक समाजिक छलफल पश्चात यसलाई अन्तिम रुप दिईनेछ । यहांहरुको राय-सुझाब सहित सहकार्य जसको लागी सदस्य बनिदिनु हुन बिनम्र अनुरोध समेत गर्दछु।

हाम्रा साझा मुद्दाहरु:
• एकताबद्ध र एउटै एनआरएन
• नेपाली नागरिकताको निरन्तरता
• नेपालमा रहेको सम्पत्तिको सुरक्षा
• पूर्व गोर्खाजको समानताको लडाईमा ऐेक्यबद्धताको लागी
• एनआरएनएमा नयाँ पुस्ताको सहभागीता
• नेपाली कला, साहित्य र संस्कृतिको संबर्धन र प्रवर्धन
• नेपाली बिध्यार्थी र कामदारहरुको अधिकार र सुरक्षा

को हुन् राजेन्द्र पुडासैनी

पश्चिम १ नं. नेपाल, नुवाकोट जिल्लाको साविक जिलिङ गाउँपालिका–२ (हाल बेलकोटगढी नगरपालिका–८) निवासी स्व. उपेन्द्र पुडासैनी र माता लोकमाया पुडासैनीका माईला सुपुत्र  राजेन्द्र पुडासैनी आजभन्दा २५ वर्षअघि बेलायत आइपुगेका हुन्।

उहाँले अध्ययनकै सिलसिलामा बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट MBA र BSc (Honors) डिग्री प्राप्त गर्नुभयो। विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत रहेका पुडासैनी हाल ३ छोरा र २ नाति–नातिनाका हजुरबुवा हुनुहुन्छ।

विद्यार्थीकालदेखि नै सामाजिक रूपान्तरणमा सक्रिय रहनुभएका पुडासैनी नेपालमा रहँदा प्रख्यात सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापति समेत हुनुहुन्थ्यो।

बेलायतमा आएपछि उहाँ ट्रेड यूनियन आन्दोलनको अग्रपंक्तिमा रहेर कार्य गर्दै आउनुभएको छ। बेलायतकै सबैभन्दा ठूलो ट्रेड यूनियनमध्ये एक GMB National Union, London Centre North को सचिव पदमा रही श्रमिकहरूको हक र हितको पैरवी गर्दै आउनुभएको छ।

सामाजिक अन्तरसमन्वय (Social Integration) मा विश्वास राख्ने पुडासैनीले London Borough of Harrow अन्तर्गत Harrow-on-the-Hill को काउन्सिलर पदमा २०१४ मा उम्मेदवारी दिएका थिए। उहाँ राजनीति र समाजसेवाको शुद्धिकरणमा विश्वास गर्नुहुन्छ।

हाल Essex को Harlow मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका पुडासैनी बेलायतका विभिन्न सामाजिक संघ–संस्थाहरूमा संलग्न हुनुहुन्छ। उहाँले यती नेपाली एशोसिएसनको दुई कार्यकाल महासचिव, प्रनेमका अध्यक्ष, तथा अन्य संस्थाहरूमा सल्लाहकारको रूपमा भूमिका निर्वाह गर्नुभएको छ।

उहाँ एनआरएन अन्तर्राष्ट्रिय समिति (२०२१–२३) को सदस्य समेत हुनुहुन्थ्यो। नेपालमा महाभूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् आउँदा बेलायती स्वास्थ्यकर्मीहरूको टोलीको नेतृत्व गर्दै प्रत्यक्ष राहत तथा पुनर्निर्माणमा सहभागी हुनुभएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us