गैरआवासीय नेपालीले संविधान अनुसार नागरिकता पाउँछन : महासचिव पोखरेल

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

लेस्टर । (बेलायत) प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं राष्ट्रिय अधिवेशनको औपचारिक उद्घाटन भएको छ । एमाले महासचिव शंकर पोखरेल र बेलायतस्थित संयुक्त अधिराज्यका राजदुत चन्द्र घिमिरेले संयुक्त रुपमा गरेका हुन ।
महासचिव पोखरेलले गैरआवासीय नेपालीहरुले संविधानले प्रदान गरेअनुरुपको नागरिकताको अधिकार प्राप्त गर्ने बताएका छन् । उनले नीतिगत निर्णय भैसकेकाले व्यवहारिक रुपमा कानुनको अध्ययन गरेर चाडै हल गर्ने जानकारी दिए । एमाले नै नेपालको समृद्धी नेतृत्व गर्ने महासचिव पोखरेलले बताए ।  ‘नेपाली जहाजलाई यूरोप उडान भर्न लगाएको बन्देजलाई न्यायपुर्ण नभएको अन्य अन्तरराष्ट्रिय उडान भर्न दिएको बारेमा प्रश्न गर्न तपाईहरुले गर्न सक्नु पर्छ,’ महासचिव पोखरेलले भने ।
प्रवासमा नेपालीले गरेको दुख नेपालमा गर्ने हो भने नेपालमा धेरै सम्मान पाउनेले भएकाले आ -आफ्नो ठाउँमा सानो काम गर्न उनले अनुरोध गरे । त्यस्तै, महासचिव पोखरेलले अनुरोध गर्दै प्रवासी नेपालीहरुले अन्तरराष्ट्रिय समुदायलाई पयर्टन, उर्जा, कृषिमालगायतका क्षेत्रमा थप लगानीका लागि सहयोग गर्न आग्रह गरे । उनले एमाले नेतृत्व माथि सांघातिक रुपमा गरिएको हमला, ओम्नी, गिरीबन्धुलगायतका बारेमा निष्पक्ष छानविन गरे क्लीन चिट पाउने बताए । उनले एमाले भित्र कुनै विवाद नरहेको जनाउदै एकताबद्ध रहेको जानकारी दिए ।
बेलायतस्थित नेपाली राजदुत घिमिरेले पाच महिने कार्यकाल विताउदै गर्दा बिट्रिश सोसाइटीसँग सम्पर्क बढाउने अभियानमा लागि रहेको बताए । नेपाल सरकारले सुरु गरेको समृद्धिको एजेण्डालाई सफल बनाउन थप एकताको खाँचो रहेको राजदुत घिमिरेको जोड थियो ।
ओएनएफ अन्तरराष्ट्रिय कमिटि अ्रध्यक्ष संजय थापाले एनआरएनएको विवाद हामीबिच बाट खोज्नु पर्ने बताए । राजनीतिक दलहरु र अदालतका ढोकामा पुग्न नहुनेमा जोड दिए । ओएनएफ यूके इन्चार्ज सरस्वती केसीले समृद्ध नेपाली सुखी नेपालीको अभियानमा प्रवासबाट सहयोग गरिरहेको बताए । अधिवेशनको सफलताको शुभकामना दिन जनसम्पर्क समिति बेलायतका अध्यक्ष यूवराज सिंह पुगेका थिए ।  उनले भ्रष्ट्राचार नियन्त्रणमा महासचिव पोखरेको भुमिकाको अपेक्षा गरे । जनप्रगतिशील मंच यूकेको नेता रण केसीले मिडल्याण्डको तर्फबाट सबैलाई धन्यबाट दिए । महासचिव पोखरेलले युवापुस्ताको नेतृत्वका रुपमा अघि आउनु पर्ने बताए । सिर्जनशील समाजका अध्यक्ष पुण्डरी अर्याल, एनआरएनए आइसीसी उपाध्यक्ष डा हेमराज शर्माले दोस्रो पुस्ताका लागि गैरआवासी नेपाली नागरिकता सुनिश्चित गर्न एमाले नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा उपस्थित मानुभावहरुलाई उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गरेका थिए । अर्का उपाध्यक्ष डा.मुकुन्द बास्तोलाले एमाले एकताबद्ध शक्तिका रुपमा रहेको जनाए । अधिवेशनको अध्यक्ष तुंगभद्र भुसालले अधिवेशनमा उपस्थित सबैलाई शुभकामना तथा धन्यबाद दिएका थिए ।
कार्यक्रमको बिचमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । अधिवेशनमा भाग लिन स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डसहित बेलायतभरबाट एमालेका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए । उनीहरुले आइतबार नै नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ ।
त्यस्तै, अभिवेशनमा भाग लिन नेपालबाट पोलिटव्युरो सदस्य सुजिता शाक्य, ओएनएफ अन्तरराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापा, युरोपबाट सन्तोष भट्टराईलगायतका ओएनएफ यूकेका पुर्व अध्यक्षहरु पदाधिकारीहरु, कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us