परियारको संयोजकत्वमा पत्रकार महासंघ यूके अधिवेशन तयारी समिति गठन , ५ बुँदे घोषणापत्र जारी

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

लण्डन । दिनेश परियारको संयोजत्वमा नेपाल पत्रकार महासंघ यूकेको छैटौ महाधिवेशनको तयारी समिति गठन गरिएको छ । महासंघ केन्द्रको पत्र विपरित एउटा समूहले फानवरोमा अधिवेशनको घोषणा गरेपछि लण्डनमा सम्पन्न भेलाले तयारी समिति घोषणा गरेको हो । यसअघि नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाहरुको अधिवेशन रोक्न निर्देशन दिएको थियो । भेलालाई सम्बोधन गर्दै परियारले नेपाल पत्रकार महासंघ यूकेले केन्द्रको पत्रको निर्देशन मानेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी केही दिनमा केन्द्र र असन्तुष्ट पक्षसँग छलफल गरेर महाधिवेशन मिति तय गरिने बताए । बेलायतमा रहेका नेपाली पत्रकारहरुको हकहित, अधिकारीको लागि आवाज बुलन्द गर्ने र सबैलाई एउटै छातामा संगठित गर्ने उद्देश्यले स्थापित नेपाल पत्रकार महासंघ बेलायतको विशेष भेला आइतवार, (१४ जुलाई, २०२४) मा सम्पन्न भयो ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले कार्यसमितिका सदस्यहरुमा लोभ लाल्चा र भित्र उदेश्य अर्कै रहेको कारणले संस्थामा विभाजनको मोडमा पुगेको बताए । उनले संस्था विभाजन गर्न संगठित गिरोह सकृय रहेको बताए । केही सिमित व्यक्तिको स्वार्थका कारण बेलायतमा रहेका नेपालहरु संगठित हुन नसकेको बताए । उनले महासंघको पत्र विपरित भएकोे महाधिवेशन राजा ज्ञानेन्द्रले गरेको। निर्वाचन जस्तै भएको बताए । नेपाल प्रेश यूनियन बेलायतका अध्यक्ष विपिन निरौलाले शाखाका अध्यक्ष ध्रुवराज अर्यालसंग भएको सहमतिमा वेइमान भए पछि संस्था विभाजनमा गएको बताए । उनले अर्याल संस्थाप्रति उत्तदायी नभएका कारणले पत्रकारबीच फाटो आएको बताए । उनले केही दिनमाभित्र एकता महाधिवेशन सम्पन्न गरिने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा जेष्ठ २३ गते जारी परिपत्र अनुसार यस शाखाको छैटौ महाधिवेशनको लागि तय भएका सम्पूर्ण निर्वाचन प्रकृया समेत रद्द भएको अवस्थामा शाखा सदस्यहरुको विषेश भेला सम्पन्न भएको हो ।

अधिवेशन तयारी समितिका संयोजक दिनेशकुमार परियारको संयोजकत्वमा सम्पन्न भेलाले शाखामा पत्रकारहरुलाई संगठित गर्दै लैजानेले छैटौ महाधिवेसनको सुनिश्चित गर्नको लागि शाखाको पूर्वसूचना अनुसार मार्च ३० तारिखसम्म शाखाको सदस्यताको लागि आवेदन दिएका ६३ जनाको नाम सदस्यताको लागि केन्द्रमा पठाउने निर्णय गरेको छ । भेलाले महासंघको केन्द्रीय विधानको धारा ३५ को उपधार ७ अनुसार शाखाको निर्वाचन हरेक तेस्रो वर्षमा हुने प्रावधान अनुसार शाखाका अध्यक्ष ध्रुवराज अर्यालको कार्यकाल समेत समाप्त भएको अवस्थामा विधानमा उल्लेख भए बमोजिम तोकिएको मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सृजना भई निर्वाचन गर्न असम्भव भएमा शाखाका सदस्यहरुको भेला आयोजना गरि सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारवाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरि मिति तोकिने प्रावधान अनुसार तत्कालै छैटौ महाधिवेशनको मिति तोक्ने केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको छ भेलाले शाखाका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल र अर्का, पूर्वअध्यक्ष विपिन निरौलाबीच मिति २१ अप्रील २०२२ भएको सहमति पूर्ण रुपमा पालना गर्दै सदस्यताको विवाद अन्त्य गरिएको छ । सहमति अनुसार निरौलाको सिफासिरमा ६ जना शाखाका सदस्यहरु थप गरिएको छ ।

भेलाले निवर्तमान कार्यसमितिले शाखाका सदस्यहरुलाई आइएफजे (अन्तराष्ट्रिय फेडेरेशन अफ जर्नालिष्ट) को सदस्यताको कार्ड बनाउने भन्दै अनधिकृत रुपमा आर्थिक संकलन गरेको शुल्क तत्कालै सदस्यहरुलाई फिर्ता गरि नयाँ प्रकृयाबाट परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । स्मरण रहोस् नेपाल पत्रकार महासंघले आइएफजेसँगको आबद्धता गुमाइसकेको छ । शाखाको भेलाले नेपाल पत्रकार महासंघ यूकेका सदस्यहरुको एकताको लागि जोड दिदैं सबै पक्षलाई नेपाल पत्रकार महासंघ यूकेको छातामा आबद्ध हुन आग्रह गरेको छ । भेलामा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्मा, पत्रकार डा. जगन कार्की लगायत भेलाको संचालन शाखाका पूर्वकोषाध्यक्ष देवि गौतमले गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal