जेन्स यूकेको अध्यक्षमा दिपक गैरे

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

लण्डन । ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको छेठौं अधिवेशनले दिपक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शुक्रबार अधिवेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा अध्यक्षदेखि सदस्यसम्म एक एक जनाको उम्मेदवारी परेपछि सिंगो कार्यसमिति सर्व सम्मत रुपमा चयन भएको हो । निर्वाचन समितिका सदस्य सालिक सापकोटाका अनुसार कार्यसमितिको अध्यक्षमा गैरेसहित उपाध्यक्षमा श्याम खत्री, लक्ष्मण पाण्डे, मैना शर्मा, महासचिवमा राम थापा, कोषाध्यक्षमा विष्णुभक्त भट्टराई, सदस्यहरुमा सन्तोष कार्की, सूर्यविक्रम केसी, राजेन्द्र खस, किशोर लिम्बु, सुमन लामा र रविन्द्र रानाभाट छन । निर्वाचन समितिमा सापकोटासहित लेखनाथ गैरे र बिष्णु चोङवाङ रहेका थिए । जेन्स यूकेको सल्लाहकारहरुमा अर्थविद् तथा गैरआवासीय नेपाली संघ आईसीसीका केन्द्रीय सदस्य डा. मुकुन्द बास्तोला, पुर्व अध्यक्ष त्रय सालिक सापकोटा, लेखनाथ गैरे, तिलक भट्टराइ र बिष्णु चोङवाङ छन् ।
बेलायतस्थित इन्टरपेनरहरुको संगठनका रुपमा सकृय जेन्स यूकेले बेलायतमा र नेपालमा निरन्तर सामाजिक र आर्थिक उन्नतीका लागि कार्य गर्दै आएको छ ।

यसअघि  कार्यक्रममा  निबर्तमान अध्यक्ष  तिलक भट्टराईले आफ्नो   कार्यकलमा भएका कार्यपत्र प्रस्तुत गरेका   थिए ।  अधिबेशनमा महासचिब राजेन्द्र   भण्डारीले संथाको प्रगति प्रतिबेदन    र  कोषाध्यक्ष राम थापाले आर्थिक  प्रतिबेदन  प्रस्तुत गरेका थिए ।  अधिबेशन लगतै निबर्तमान अध्यक्षताले नब निर्वाचित अध्यक्ष गैरेलाई पदभार हस्तान्तरण गरेका थिए ।  
को हुन दिपक गैरे ??
सन् २०१० सालमा पाल्पावाट बेलायतमा बिद्यार्थीका रुपमा प्रवेश गरेका गैरेले कोभेन्ट्री विश्वविद्यालयबाट डिजिटल मार्केटिङमा स्नातकोत्तर गरेका छन । बेलायतस्थित नेपाली समाजमा सफल व्यवसायीका रुपमा परिचित गैरले सवारी साधान खरीद विक्रीको व्यवसाय गर्छन । केन्टस्थित स्वान्सकममा कारहरुको खरीद विक्रीका लागि उनले आफ्नै सोरुम खोलेका छन । व्यवसाय सँगै सामाजिक गतिविधिमा गैरे संलग्न छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us