एनआरएनए वेल्स राज्य परिषदका सम्पूर्ण पदाधिकारीहरु निर्विरोध चयन

१० महिनाs अगाडि

डायस्पोरा नेपाल

लन्डन – गैर आवासीय नेपाली संघ युके अन्तर्गत गठित  राज्य समन्वय परिषद वेल्सको २०२३ – २०२५ कार्यकालको लागि सम्पूर्ण पदाधिकारीहरु निर्विरोध चयन भएका छन्।

वेल्सबाट निर्विरोध हुनेहरुमा कृष्ण भण्डारी – उपाध्यक्ष, गैर आवासीय नेपाली संघ युके र वेल्स राज्यका लागि कार्यसमितिको नामावली निम्नानुसार छ।

अध्यक्ष – विभूषण मान श्रेष्ठ

उपाध्यक्ष – विकाश रानाभाट

सचिव – अमर मल्ल

सह-सचिव – संजिब मैनाली

कोषाध्यक्ष – शोभा राणा पोखरेल

सह-कोषाध्यक्ष – श्रीराम थापा मगर

सदस्य – बलराम अधिकारी

सदस्य – भोज नारायण रेग्मी

१३ सदस्यीय राज्य समन्वय परिषद वेल्सका बाँकी रहेका सदस्य पदहरुभने पछि मनोनयन हुनेछन्।

यसैबीच गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष रामचन्द्र पोखरेल तथा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारीले निर्वाचन समितिका संयोजक चिरन्जीवी ढकाललाइ एक संयुक्त पत्र लेखी  वेल्स राज्य समन्वय परिषदका सबै पदाधिकारीहरु निर्विरोध चयन भएको जानकारी दिएका छन्। 

आइतबार अल्डरशटमा आयोजित गैर आवासीय नेपाली संघ बेलायतको ११ औं महाधिवेशनमा बोल्दै वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारीले नामांकन गर्ने दिनमा प्राविधिक कारणबस समयभित्रै नामांकन गर्न नसकिए पनि सर्वसम्मति बाट वेल्स राज्य समन्वय परिषदका पदाधिकारी हरुको नाम चयन गरिएको जानकारी दिएका थिए।  त्यस पछि ११ औं महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुले सर्व सम्मतिबाट ती पदाधिकारीहरुको सूची पारित गरेका थिए।

© 2022 All Right Reserved DiasporaNepal