एनआरएनए यूके निर्वाचन : सभामुखका भाई दिनेश घिमिरेको निर्वाचन अभियान उत्साहजनक

१० महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासी नेपाली संघ (एनआरएनए) बेलायतको आगामी २२ जुलाईमा हुने निर्वाचनमा जित हासिल हुने भन्दै संघीय संसदका सभामुख देवराज घिमिरेका भाई दिनेश घिमिरेको उत्साहित छन् । एनआरएनए यूके निर्वाचन आउन करीब १० दिन बाँकी रहंदा उनी निकै उत्साहजनक रुपमा अभियानमा संचालन भैरहेकोमा दंग छन् । स्कटल्याण्ड, मिडल्याण्ड, वोर्नमाउथ, साउथ ह्याम्टनदेखि इंग्लाण्डका स्थानीय क्षेत्रमा मतदाता भेटेपछि जित सुनिश्चित हुदै गरेको अध्यक्षका उम्मेदवार दिनेश घिमिरेको भनाई छ ।
पुर्व गोर्खाका समस्या र डायस्पोराका विभाजित समाजलाई एकतामा बाध्य सक्ने योग्य उम्मेदवारका रुपमा मतदाताले आफुलाई चिनेको उनले डायस्पोरानेपाललाई बताए । ‘नेपालका राजनीति दलहरु र संसदमा सिधा पहुंच भएको तपाई जस्तो सामाजिक अभियन्ता एनआरएनए यूकेका लागि आवश्यक थियो, मतदाताहरुको भनाईलाई उदृत’गर्दै अध्यक्षका प्रत्यासी घिमिरे भने ।


नेपालका संघीय संसदका सभामुख देवराज घिमिरेका सहोदर भाई हुन घिमिरे भन्ने धेरैलाई थाहा छैन । मतदाताहरुले चुनावी अभियानमा सभामुख घिमिरे के नाता पर्छ भन्दा उनले आफ्ना सहोदर दाजु भएको परिचय खुलाएका हुन् ।
धेरै भन्दा धेरै मतदाता सँग प्रत्यक्ष भेटघाट गरी समस्या सुनिरहेका छन । उनले प्रत्यक्ष भेटघाट हुन नसकेका मतदातालाई सामाजिक संजाल मार्फत लाईभ प्रश्न उत्तर गर्ने तयारी गरेको जानकारी समेत दिए ।
एनआरएनए मार्फत नेपाल सरकार सँग छलफल भएका पुर्व गोर्खाका समस्या, लगानी, सम्पत्तीका अधिकारलगायतका बिषयमा आफ्ना दाजु मार्फत सोझै संसदमा छिराउन स्रक्ने एक मात्र उम्मेदवारमा रुपमा नेपाली समुदायले लिदै गएका छन । विगतका अध्यक्षहरुले प्रतिवद्धता अनुसार काम गर्न नसकेको ठहर गर्दै नेपालका राजनीतिक दलहरु र संसदमा पंहुच भएको नेतृत्व खोजी रहेको बेला घिमिरे चुनावी मैदानमा रहेकाले सकारात्मक रुपमा लिइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal