प्रवासी नेपाली मंचको नयाँ बर्ष शुभकामना साँझलाई केपी शर्मा ओलीले सम्बोधन गर्दै

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

लण्डन । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा शुभकामना साँझ गर्न लागेको छ । आगामी विहिबार ‘भर्चुअल’ माध्यम जुम मार्फत गरिने कार्यक्रममा अध्यक्ष ओलीले प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई शुभकामनासहित सम्बोधन गर्न लागेका हुन् । अन्तरराष्ट्रिय कमिटि कला , साहित्य तथा संस्कृति विभागका संयोजक सरस्वती केसीका अनुसार नेपाली नयाँ बर्ष २०८० सालको शुभकामना कार्यक्रममा उपनिर्वाचनका लागि मैदानमा रहेका तीन जना उम्मेदवारहरुको समेत उपस्थित रहनेछ ।
त्यस्तै , नेपालका ख्यातीप्राप्त कलाकारहरुले जुम मार्फत नेपाली गीत तथा संगीतको मनोनरन्जन गराउने कार्यक्रम रहेको कमिटि सदस्य समेत रहेकी केसीले बताइन् । उनले प्रवासमा रहेका साथीहरुलाई आगामी विहिबार जुममा जोडिन समेत अनुरोध गरिन् । प्रवासबाट करीव एक हजार जना जुममा जोडिने गरि तयारी गरिएको आयोजकले जनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal