युकेको रेड लिस्टबाट नेपाल हट्यो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । बेलायत सरकारले यात्राको रातो सूची (रेड लिस्ट)बाट नेपाललाई हटाएको छ। बिहीबार ५४ वटा देशबाट केवल ७ देशलाई मात्रै रेड लिष्टमा राख्दै नेपालसहितका अन्य सबै देशहरुलाई रेड लिस्टबाट हटाएको हो।

यधपी अक्टोवर ११ , सोमबार बिहान ४ बजेदेखि मात्रै यो परिवर्तन लागू हुनेछ । बीबीसीका अनुसार अझै रेड लिष्टमा कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी रहेका छन् ।

बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रेड लिष्टबाट हटाउने निर्णय गरेको ट्वीटर मार्फत सार्वजनिक गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal