विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका स्तब्ध

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

आईसीसी महिला टी–२० विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका श्रीलङ्कासँग ३ रनले पराजित भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सफल भयो ।

कप्तान सुन लुसले २८ तथा लाउरा वुल्भार्डटले १८ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । दक्षिण अफ्रिकालाई रोक्न श्रीलङ्काकी इनोका रनविराले ३ तथा सुगन्धिका कुमारी र ओसादी रानासिंघेले २–२ विकेट लिए ।

यसअघि कप्तान चमारी कथापथ्थुको ६८ रनको मद्दतले श्रीलङ्काले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उनलाई भिस्मी गुनारत्नेले ३५ रन बनाउँदै राम्रो साथ दिइन् । समूह ए मा श्रीलङ्का र दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal