साफ महिला यु–२० को फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छन् ।
बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।
गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन् ।
यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिए पछि बङ्गलादेश फाइनलमा पुगेको हो ।
भुटानसँग बङ्गलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने भारतले तीन खेलमा सात अङ्क जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।