‘किन हो किन मिठो’ गीत सार्वजनिक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । धन किरन गुरुङ र दिपा लामा राईको ‘किन हो किन मिठो’ गीत लण्ड्नमा एक भब्य समारोहबीच गैर आवासीय नेपाली संघ युके अध्यक्ष प्रेम गाहामगरले सार्वजनिक गरेका छन । लन्डन डिजि प्रोडक्सन युकेद्वारा “किन हो किन” म्युजिक भिडियो सार्वजनिक भएको गायक गुरुङले जानकारी दिएका छ्न ।

गायक तथा संगीतकार आशिक गुरुङले धन किरण गुरुङको स्वर, संगीत र रचनामा सजिएको गीतको म्युजिक भिडियोमा पहिलो पल्ट प्रतिभा नक्षेत्र युकेका बिजेता मिस सुबृना लिम्बु सँग डेबुट गरेका छ्न । भिडियो रोमान्टिक लभ स्टोरी कथामा आधारित रहेको म्युजिक भिडियोका निर्मात्री अल्का गुरुङ हुन । उक्त गीतको रचना , संगीत र स्वर धन किरण गुरुङको आफ्नै रहेको छ भने महिला स्वरमा गायिका दिपा लामा राईको साथ रहेको छ।

‘किन हो किन’ गीतको संगीत संयोजन सुरथ प्रधानले गरेका छन । उक्त म्युजिक भिडियोमा युकेका चर्चित निर्देशक तथा कोरियोग्राफर प्रभु गुरुङले गरेका छ्न । क्यामेरामा सुमन श्रेष्ठ, कलर ग्रेडिङ नबिन निरौला रहेका छ्न भने मेकअप पुष्पा गुरुङले साथ दिएका छन । ‘किन हो किन’ म्युजिक भिडियोमा बेलायतका नयाँ पुस्ताका मोडेल आशिक गुरुङ र सुब्रिना लिम्बुले डेब्युमा नै दम्दार अभिनय निभाएका छ्न । आशिक गुरुङ कम्प्युटर इन्जिनियरिङ्ग र म्युजिक टेक्नोलोजी अध्ययन सकेर डिजि प्रोड्क्सनका प्रबन्ध निर्देशक रुपका आफ्नो कलाकारितालाई अघि बढाइरहेका छ्न ।

प्रतिभा नक्षेत्र युकेका बिजेता सुब्रिना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा डाक्टर बिषयमा अध्ययन गर्दैछिन । उक्त म्युजिक भिडियोले फेरि पनि दर्शक र स्रोताको मन जित्ने बिश्वास गर्दै ‘किन हो किन’ यहाँहरु माझ पस्किएको कुरा निर्मात्री गुरुङ जानकारी दिए।

© 2022 All Right Reserved DiasporaNepal