नेपालमा म्याक्सस मोटर्सको तीन मोडल सार्वजनिक

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

नेपालमा म्याक्सस मोटर्स गाडीहरूको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले म्याक्सस गाडीको तीन वटा मोडल सार्वजनिक गरेको छ।

म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको हो। 

यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहितको ३६० एन एम र ३७५ एनएम पीक टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलोवाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको कम्पनीले बताएको छ। 

म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ।

म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका उत्कृष्ट फिचरहरू रहेको कम्पनीको भनाइ छ। 

मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन्। 

म्याक्सस टी ६० र टी ७०मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ। 

३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लागि उपयुक्त देखिन्छ। 

सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ यसले फाइभ स्टार एएनसिएपी रेटिङ पाएको छ। 

यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (इबिडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा रहेको कम्पनीले जनाएको छ।

म्याक्सस भी ८० कार्गो भ्यान युरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। 

बाशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। 

भी ८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको–डी २.५ लिटर टर्बो डिजेल कमन–रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। 

प्यानल भ्यान निकै भरपर्दो गाडी हो विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतीक्षित कार रहेको कम्पनीको दाबी छ। 

म्याक्ससको आकर्षक डिजाइन र आधुनिक तथा स्मार्ट फिचरहरूले ग्राहकहरूको अपेक्षा पूरा गर्नेमा कम्पनी विश्वस्त छ। 

काठमाडौंको नक्सालस्थिति म्याक्सस सोरूम बुकिङ र टेस्ट ड्राइभको लागि खुला रहेको कम्पनीले बताएको छ। 

© 2022 All Right Reserved DiasporaNepal