रवि लामिछानेलाई पुन: सभापति बनाइने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

आइतबार अपरान्ह ३:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए।

आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो।

यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो।

केन्द्रीय समितिबाट सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी रास्वपाको छ।

लामिछाने सांसद नरहेकोले संसदीय दल नेता भने श्रमन्त्रीसमेत रहेका अर्याललाई नै निरन्तरता दिने तयारी छ। संसदीय दल नेतामा पनि अर्याललाई तोक्ने निर्णय गत शुक्रबार नै भइसकेको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us