राष्ट्रपतिको निर्वाचनको मिति घोषण गर्न उपसभापतिको माग

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। आइतबार विहान ट्वीट गर्दै  उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै निर्वाचन आयोगले मिति तोक्नुपर्ने बताए । 

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् । 

निर्वाचन आयोगले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने खड्काको भनाइ छ । गत सोबार बसेको कांग्रेस पदाधिकारी बैठक पनि समयमै राष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको थियो । राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us