घरमै पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण शुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

 अर्घाखाँचीको शितगंगा नगरपालिकाले घरमै पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । नगरका १४ वटै वडामा जनप्रतिनिधि, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गरेको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सृजना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डे लगायतको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य जाँच गरेका छन् । उनीहरुले भिडियो एक्सरे मेसिन, औषधि बोकेर गाउँ पुग्ने गरेका छन् ।

नगरको १४ वडामा २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गाउँमै पुगेर गरिएको नर्स सृजना घिमिरेले बताइन् । घिमिरेले भनिन्, ‘हामीले गर्भवतीको स्वास्थ्य जाँचसंगै अवस्थाको बारेमा पनि भन्छौं, तीन÷तीन महिनामा भिडियो एक्सरे, प्लोअप गर्नेबारे सल्लाह दिएका छौं ।’ 

उनीहरुलाई चाउचाउलगायतका जंगफुड नखाई पोषणतत्व माछामासु, अण्डा, दूध, दही, फलफुल, भटमास लगायतका खानेकुरा खान सल्लाह स्वस्यकर्मीले दिने गरेको  शितगंगा नगरप्रमुख छविलाल पौडेलले बताए । 

गरिबीका कारण पनि नियमित स्वास्थ्य जाँच गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस् भनेर गर्भवती खोज्दै गाउँ पुगेको नगर उपप्रमुख गिता भाट्ले बताइन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us