स्याङ्जा समाज युकेको बार्षिक भेला संगै बडा दशैं र तिहारको सुभकामना कार्यक्रम

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

बेलायत । स्याङ्जा समाज युकेको बार्षिक भेला तथा बडा दशैं र तिहारको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा गरि एम्पाएर हल अल्डर्सटमा भएको उक्त कार्यक्रममा स्याङ्जालीहरु भेला भई शुभकामना कार्यक्रम सम्पन्न गरेका हुन् ।
भेलाको पहिलो चरणमा महासचिव डा. बलराम ढकालले गत १ बर्षमा गरेको प्रगति विवरण पेश गर्नु गरेका थिए । कोषाध्यक्ष दुर्गा गुरुङले सम्पूर्ण आय व्ययको हिसाब प्रस्तुत गरेका थिए ।
सभापति सारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ब्यक्तिहरु सँग आगामी बर्षको लागि सुझावहरु लिँदै यो संस्थाले जिल्लामा सहयोग जारी राख्ने बताए । उनले बेलायत भित्र रहेका सम्पूर्ण स्याङ्जा जिल्लाबासीहरुलाई एकजुट गर्दै छरिएर रहेका पालिका वा गाँउ स्तरका सबै सँघ संस्थाहरुलाई एउटै छातामा ल्याउन प्रयास गर्ने गरे काम गर्ने प्रतिबद्धता गरे।
दोश्रो चरणको कार्यक्रममा राजदुत लोकदर्शन रेग्मी, द्धितीय सेक्रेटरी रामबावु नेपाल लगायतको उपस्थिति थियो । उनीहरुलाई नौमती बाजाले स्वागत गर्दै हलमा प्रबेश गराइएको थियो। धौलागिरी बाजा समुहको प्रस्तुतिमा राजदुतले गीतको एक टुक्का गाएर सबैलाई नचाएका थिए । दसैं तिहारको शुभकामना आदान प्रदान गर्दै पंच्चे बाँजामा सबै झुलेका थिए भने स्टेजमा नित्य प्रस्तुत गरिएको थियो। उपाध्यक्ष भरत गुरुङले दोश्रो चरणको कार्यक्रम संचालन गरेका थिए भने मनोरन्जन संयोजन डेबिड गुरुङले कार्यक्रमलाई विशेष रमाइलो बनाए ।
स्याङ्जा जिल्लाको सबैजसो स्थानिय निकायहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा मगर सघका अध्यक्षले विशेष शुभकामना व्यक्त गरे । विशुद्ध अनौपचारिक कार्यक्रममा महामहिम राजदुत लोकदर्शन रेग्मीले आफु जता भए पनि नेपाल र नेपालीको हित हुने गरी काम गरिरहने बताए । राष्ट्रिय गान बाट सुरु गरिएको दोश्रो चरणको कार्यक्रममा रोचक नाच र संगीतले सबैलाई झुलाएका थिए । अर्को तीज र दसैं तिहारमा फेरी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै यो बर्षको कार्यक्रम समापन भएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal