आचार्यको मृत्युबारे बालेन – राज्यका हरेक निकाय असफल भए

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहले राज्यको हरेक निकाय असफल भएको पुष्टि गरेको बताएका छन् । 

आचार्यको मृत्यु भएको खबर बाहिरिए लगत्तै साहले सामाजिक सञ्जालमा लेखेका छन् ‍-‘आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’

आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको दाबी साहले गरेका छन् । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us