बिपिन निरौला सम्मानित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिपिन निरौला सम्मानित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सद्वारा आइतबार आयोजित शुभकामना कार्यक्रममा निरौला सम्मानित भएका हुन्।

वेल्स कार्यसमितिले राजदुत र राजदुतवासका कर्मचारीलाई पनि सम्मान गर्दै मायाको चिनो दिइएको थियो । साथै,दुतावासले राज्य समन्वय परिषद् वेल्सका कार्यसमितिलाई दुतावासका तर्फबाट सम्मान गरेको छ ।

कार्यक्रममा एनआरएनए युके वेल्सका प्रमुख संरक्षक रामचन्द्र पोखरेल, आइसीसी सदस्य राजेन्द्र पुडासैनी , नेपाली समाज वेल्सका अध्यक्ष बद्रि योंगा, एनआरएनए वेल्सका सल्लाहकार मोति पुन, लगायतले मन्तव्य व्यक्त गरेका थिए।

वेल्स राज्य समन्वय समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत घले, सचिब दिपक सुब्वा, वरिष्ठसदस्य बलराम अधिकारी लगायत सम्पूर्ण कार्यसमितिको सहभागीता रहेको थियो।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सको संयोजनमा राजदुतावासले घुम्ति सेवा समेत उपलव्ध गराएको थियो।

© 2022 All Right Reserved DiasporaNepal