तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री यादवले बाँकी ७ मन्त्रालय भने हाल आफैँसँग राखेका छन्।

मधेस प्रदेशमा १० मन्त्रालय छन्।

प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।

जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us