आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मी बताए ।  डा. नकर्मीका अनुसार आज बिहान ५ बजे आचार्यको निधन भएको हो । 

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us