प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेट

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।  घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us