दशैंपछि राजदुत रेग्मी नेपाल फर्कने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी आगामी अक्टोवर २४ मा नेपाल फर्कने भएका छन् ।
बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि नेपाल सरकारको २१ सेप्टेम्बरमा बसेको मन्त्री परिषद्को बैठकले पूर्व प्रधानमन्त्री केपी ओलीका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदुतहरुलाई फिर्ता गर्ने निर्णय गरेपछि रेग्मी नेपाल फर्कन लागेका हुन् ।

एनआरएनए युके राज्य समन्वय परिषद् वेल्सको कार्यसमितिलाई कार्डिफमा सम्मान गर्दै राजदुत रेग्मीले अक्टोर २४ मा नेपाल फर्कन लागेको टिकम लिएको जानकारी दिए। रेग्मी राजदुत नियुक्त हुनु पूर्व नेपाल सरकारका मुख्यसचिव थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ ५ गते बेलायतका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेकी थिइन् । रेग्मी बेलायतका लागि नेपालका एक्काइसौँ राजदुत हुन् ।

रेग्मी गत मार्च १ तारिखमा बेलायत आई पदबहाली गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal