सिटीको उत्कृष्ट पुनरागमन जित

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

म्यानचेस्टर सिटीले टोटेनहमलाई हराएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीले टोटेनहममाथि ४-२ गोल अन्तरको जित निकालेको हो।

घरेलु मैदानमा सिटीले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो। सिटीको जितमा रियाद महरेजले २ तथा जुलियन अल्भारेज र अर्लिङ हालाण्डले १-१ गोल गरे।

पाहुना टोलीका लागि डेजन कुलुसेभास्की र इमर्सन रोयलले गोल गरेका थिए। 

खेलको ४४ औं मिनेटमा डेजन कुलुसेभास्कीले गोल गर्दै टोटेनहमलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा इमर्सन रोयलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा पछि परेको सिटी दोस्रो हाफमा खेलमा फर्कियो ।

खेलको ५१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए । ५३ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले खेललाई २-२ को बराबरीमा ल्यायो।

खेलको ६० औं मिनेटमा रियाद महरेजले गोल गरेपछि सिटीले खेलमा अग्रता लियो।

त्यसपछि खेलको ९० औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-२ को जित दिलाए।

यो जितसँगै सिटीले १९ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानको आर्सनलसँग अंक दुरी छोट्याएको छ।

यस्तै पराजित टोटेनहम २० खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा कामयै छ। चौथो स्थानमा रहेको न्युक्यासलको १९ खेलबाट ३८ अंक छ। समान खेलबाट ३९ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा छ।

© 2022 All Right Reserved DiasporaNepal