प्रधानमन्त्री प्रचण्ड : मिटरब्याजी समस्या समाधान गर्छु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी समस्या छिटै समाधान गर्ने बताए।

‘अघिल्लो सरकारसँग भएको सम्झौता यो सरकारले हेर्छ। मिटरब्याजी समस्याले हजारौं किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु,’ उनले भने, ‘यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’

प्रधानमन्त्री प्रचण्डसँग भेटमा किसानका प्रतिनिधिहरूले आफूहरूका समस्या समाधान हुने विश्वास रहेको बताएका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us