उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ । 

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । गठबन्धनका दलहरुबीच रास्वपालाई उपसभामुख पद दिने निर्णय भएपछि पार्टीले उम्मेदवार तय गर्न लागेको हो ।

पार्टीले सोभिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us