सभामुखको उम्मेदवारीबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक  बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको  निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us